कला

वरुणको विवाह पछि के अब श्रद्धा कपुरको नेपालका रोहन श्रेष्ठसंग विवाह हुँदैछ?

बलिउड अभिनेता वरुण धवनले जनवरी २४ मा प्रेमिका नताशा दलालसँग विवाह गरे। उनीहरूको विवाहको चर्चा लामो समयदेखि चलिरहेको थियो। तर २४ जनवरीमा सबै चर्चाहरु सत्यमा परिणत भयो। त्यस्तै वरुणको विवाह पछि अब अभिनेत्री श्रद्धा कपूरको विवाहको चर्चा तीव्र भएको छ। जसमा अब अभिनेत्रीले आफैंमा प्रतिक्रिया देखाएकी छिन्।

वास्तवमा जब वरुण धवनले आफ्नो विवाहको तस्बिरहरू सामजिक सञ्जालमा शेयर गरे उनका प्रशंसकहरू लगायत धेरै बलिउड कलाकारहरूले उनलाई विवाहको बधाई दिएका थिए। बलिउडका फोटोग्राफर रोहन श्रेष्ठ पनि अभिनेतालाई उनको विवाहको लागि बधाई दिनेहरु मध्येका थिए। रोहनले विशेष तरिकामा वरुण धवनको विवाहको लागि बधाई दिएका छन्।

उनले आफ्नो इन्स्टाग्रामको स्टाटसमा वरुण र नताशाको तस्बिर शेयर गर्दै लेखेका छन्, 'विवाहको लागि वरुण र नताशालाई धेरै बधाई छ। वरुण धवन तपाईं धेरै भाग्यमानी पुरूष हुनुहुन्छ।' यस टिप्पणीमा वरुणले जवाफ दिँदै भनेका छन्, 'अर्को नम्बर तपाईको हो।'  

मिडिया रिपोर्टका अनुसार रोहन लामो समयदेखि अभिनेत्री श्रद्धा कपूरसंग प्रेममा छन्। दुबैजना विभिन्न कार्यक्रममा धेरैजसो सँगै देखिन्छन्। रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन्। बलिउड लाइफको समाचारका अनुसार श्रद्धा कपूरले चाँडै नै बिहे गर्ने कुरालाई भने इन्कार गरेकी छिन्। यद्यपी रोहन र श्रद्धाले आजसम्म उनीहरूको सम्बन्धको बारेमा आधिकारिक घोषणा गरेका छैनन्।

प्रकाशित: १४ माघ २०७७ ०७:१३ बुधबार