कला

आफ्नाकै त वचन घातक हुन्छ

मुक्तक

                      १)

निरोहरूले बाँसुरी बजाउन बेला आएछ,

कुरै कुराले सपना सजाउन मेला आएछ।

सडकमा रामलीला तडकभडक देखाएर,

दाजुभाइ बाछोरा भजाउन खेला आए छ।

 

                     २)

मनसंग खेल्ने मन घातक हुन्छ,

फलाम पिट्ने घन घातक हुन्छ।

अरूले भनेको बिस्तारै भुलिन्छ,

आफ्नाकै त वचन घातक हुन्छ।

                    ३)

झुलो चकमक मट्टितेल सलाई दिनुहोस्,

सक्नुहुन्छ पुच्छरले लंका जलाई दिनुहोस् ।

यति गर्न हिम्मत नहुनेले फुर्ती लगाउनु हुन्न,

केके गर्नु छ, पूरा विवरण मलाई दिनुहोस्।

                     ४)

नयाँ जोगीले धेरै खरानी घस्छ बुझिराख,

जिस्काए लाटो सर्पले नि डस्छ बुझिराख।  

हावाको वेगमा चङ्गा जतिमाथि पुगोस्,

आखिर लट्टाईसँग भुइँमै खस्छ बुझिराख  

प्रकाशित: १४ माघ २०७७ ०५:५२ बुधबार

अक्षर