कला

अभिनेत्री जयश्री रमैयाले गरिन् आत्महत्या

साउथ कन्नड फिल्मकी अभिनेत्री एवं बिग बोस कन्नडकी पूर्व प्रतियोगी जयश्री रमैयाले सोमबार आत्महत्या गरेकी छन्। बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टर एक कोठामा पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो जहाँ उनको उपचार भइरहेको थियो। रिपोर्टका अनुसार उनी लामो समयदेखि नै डिप्रेसनको सिकार थिइन्, यसकै उपचारको लागि आश्रममा बस्दै आएकी थिइन्।

जयश्री कन्नड़ बिग बोस सीजन ३ मा भाग लिएकी थिईन्। गत वर्ष जुलाई २०२० मा सोशल मिडिया पोस्ट मार्फत उनले मृत्युको लागि ईच्छा पनि व्यक्त गरेकी थिईन्। उनले जीवनप्रति निराशा व्यक्त गरेकी थिईन्। यद्यपि पछि यो पोष्ट हटाइएको थियो। त्यतिखेर जयश्रीले एउटा भिडियो सेयर गरेर लेखेकी थिईन्, 'विश्व र तनावलाई बिदा। मैले प्रचारको लागि यी सबै गरिरहेको छैन। म सुदीप सरबाट आर्थिक सहयोगको पनि आशा गर्दिन। मलाई आर्थिक रूपमा कुनै पनि समस्या छैन तर ठूलो तनावमा छु। मैले जीवनमा धेरै समस्याहरूको सामना गरें। मसंग बाल्यकालदेखि नै धोखा हुँदै आएको छ। अब म यसलाई पार गर्न सक्षम छैन। म राम्रो केटी होइन। कृपया मलाई दयाको मृत्यु दिनुहोस्।'

उनले एउटा पोस्टमा लेखेकी थिइन्, ‘धन्यवाद सुदीप सर तपाईं र तपाईंको टीमले मलाई बचाउनुभयो र मेरो केयर गर्नुभयो। मेरा प्यारा साथीहरु र प्रशंसकले पनि मद्दत गर्नुभयो। तपाईंहरु सबैलाई तनावमा पारेकोमा माफी चाहन्छु, अब म ठिक छु। धन्यवाद मिडिया, तपाईंको समर्थनका लागि आभारी छु।’

सोमबार जयश्रीलाई परिवार र साथीहरूले धेरै पटक फोन गरे सन्देश पठाए तर उनले कुनै प्रतिक्रिया दिईनन्। उनका साथीहरूले आश्रमको व्यवस्थापनलाई यसको बारेमा जान्न आग्रह गरे। जब आश्रमका अधिकारीहरू उनको कोठामा पुगे, जयश्रीकाे शव पंखामा झुण्डिएको भेटिएकाे थियाे।

प्रकाशित: १३ माघ २०७७ ०६:४७ मंगलबार