कला

बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ को रिलिज डेट सार्वजनिक

‘बाहुबली’का निर्देशक एसएस राजामौलीको फिल्म 'आरआरआर’ यस वर्षको धेरै बहुप्रतीक्षित फिल्महरू मध्ये एक हो। राजामौलीको फिल्म ‘आरआरआर’ को पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ।

आलिया भट्टले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, 'मल्टीस्टारर फिल्म ‘आरआरआर’ आगामी दशैंको अवसर पारी यही वर्ष अक्टुबर १३ मा रिलिज हुने भएको छ। यस फिल्ममा राम चरण र एनटीआर जूनियर मुख्य भूमिकामा रहेका छन्। अजय देवगन र आलिया भट्ट विशेष भूमिकामा देखिनेछन्। 

‘आरआरआर’ एक श्रृंखलाबद्ध भारतीय फिल्म हो। यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम, कन्नडसहित अन्य कैयौं भाषामा रिलीज गरीनेछ।

प्रकाशित: १३ माघ २०७७ ०४:४३ मंगलबार