कला

यस्तो माया हाम्रो अमर हुन्छ हुन्न

गजल

नजिक आएको छु नजर हुन्छ हुन्न,

म  आफन्त तिम्रो  कदर हुन्छ हुन्न।

 

नपिउने म  सधैँ  तिमी पिई  हिँड्छौ,

मेरो  छेउ  आउँदा  असर हुन्छ  हुन्न ।

 

एक्लो आउँछ मान्छे एक्लै जाने रैछ,

जीवनभरि  यस्तै  सफर  हुन्छ  हुन्न ।

 

बाध्यताले मलाई त्यहीँ  बस्नु पर्यो,

कोलाहल  नहुने  शहर  हुन्छ  हुन्न।

 

न  तिमी मुना हौ  न म तिम्रो  मदन,

यस्तो  माया  हाम्रो अमर  हुन्छ हुन्न ।  

प्रकाशित: ११ माघ २०७७ ०९:०८ आइतबार

अक्षर