एक ड्याक्ची
पाकेको समय कता
हराएछ
कि उम्रिएछ
घामले छरेको त्यो खोरियातिर
र पहाडहरू अलमल्ल परेर
कतै झर्ना उमार्न पो बिर्सेछ
क्या बात भन्थ्यो होला
त्यो पापी खडेरी पनि रमाएर
अनि मजस्तै बेरोजगारहरूको रोजगारी
बन्न कुनै देशको मालिकहरूको
गुलाममा पसीना बगाउन आतुर
गुइँठे र हर्केजस्तै भएर
रम्नु छ भोलिको उदाउँदो सूर्य बनेर ।
प्रकाशित: ११ माघ २०७७ ०४:४८ आइतबार