कला

जिउ र जाडो

बालकविता

आच्छुआच्छु जाडो भो

हिमालको हिउँले

थुर्थुर– थुर्थुर कमायो

खपेन खै जिउले ।

 

तातो– तातो भातमा

झ्वार्रर पार्दा घिउले

बल आई आँतमा

जाडो खप्ला जिउले ।

 

छमछमी नाचुँला

पूजाभा’को निहुले

टोक्ने जाडो पल्तिर

धपाउला जिउले ।

 

खेतबारी सजाउँछन्

माटोभित्र बिउले,

पसिनाको थोपामा

राम्रो मान्छ जिउले ।

प्रकाशित: ७ माघ २०७७ ०५:०९ बुधबार

जूनकिरी