कला

ढुङ्गाझैं कठोर मनलाई कसैको बिलौनाले छुँदैन

मुक्तक

अल्पविराम पोखरेली

 

१)

गाउँमा कतै मादल बजेको सुन्नै हुन्न नाच्न मन लाग्छ ,

ककस्ले केके गर्दा रहेछन् गहिरिएर जॉच्न मन लाग्छ ।

खॉटी नेपाली हुॅ तातो रगत छ चानेचुने नसम्झनू ,

स्वार्थी नेताहरूको चाला देखेर डॅडाल्नु भॉच्न मन लाग्छ ।

 

    २)

छिप्पिएको बॉस काट्दैमा मुढो भन्न मिल्छ र हजुर,

बॉसको घॉस पकाउॅदैमा कुॅडो भन्न मिल्छ र हजुर ।

दाह्री – जुङ्गा र केश कॉसझैं सेतै फुल्यो भन्दैमा,

मनमा भुईंचम्फा फुल्छ भने बूढो भन्न मिल्छ र हजुर।

 

   ३)

लोभी पापी भ्रष्टाचारी नेताले खरानी घसे हुन्थ्यो,

पध्दति बुझेका युवाले नेतृत्व लिन कम्मर कसे हुन्थ्यो ।

तीन वीस र पॉच कटेका नेताहरू भो अब रहर नगर,

खुरूक्कै वृद्ध भत्ता खॉदै भजन गाउँदै बसे हुन्थ्यो ।

 

   ४)

आफ्नै कार्यकर्ता लुटेको धन मज्जाले गन्नु भो नि कमरेड,

एकक्कैशौं शताब्दीको नव धनाढ्य र सामन्त बन्नु भो नि कमरेड।

जनयुध्द गणतन्त्रका लागि थियो हैन र हजुर भनेर सोध्दा,  

कहॉ हुनु मेरै लागि थियो भनेर कुम हल्लाउॅदै भन्नु भो नि कमरेड ।

 

 

५) 

ढुङ्गाझैं कठोर मनलाई कसैको बिलौनाले छुॅदैन,  

आफ्नोबाहेक अरूको दुखमा कहिल्यै रुँदैन ।

मै खाऊॅ मै लाऊॅ भन्ने पनि उनीहरू नै हुन् साथी,

आफ्नै लागि मात्र राजनीति गर्ने कम्युनिष्ट हुॅदैन ।

प्रकाशित: २ माघ २०७७ ०५:०७ शुक्रबार

अक्षर