संविधान फेरियो मेरो देशको अत्याचार उस्तै छ अझै,
हेर अनुहार त्यो गरीबहरूको लगातार उस्तै छ अझै ।
शान्ति मागेन कुनै इतिहासमा हिंस्रक हतियारहरूले,
त्यसैले सावधान त्यो तिर्खाएको तरबार उस्तै छ अझै।
न्यायलयमा बसेर टुलुटुलु हेर्छन् न्यायको पुजारीहरू,
चोरलाई चौतारा साधुलाई सुली संस्कार उस्तै छ अझै ।
हिजो बोल्न नदिएर लुटे आज बोल्न दिएर लुटिरहेछ,
हिजो जस्तो आज पनि त्यस्तै, सरकार उस्तै छ अझै ।
रोजगारीको नाउँमा कठै, बेचिरहेका छन् जवानहरू,
तातो मरुभूमि माथि पसीनाको, बजार उस्तै छ अझै ।
प्रकाशित: २७ पुस २०७७ ०७:२५ सोमबार