कला

बदला त हुँदै हैन भूल कस्को थाहा छैन,

गजल

कृष्णश्री राई

 

हात समाई जिन्दगीको जङ्घार तिम्ले तारिदियौ,

किनारामा पुगेपछि फेरि किन छाडिदियौ ?

 

नयनका आँसु पुछ्यौ देउता भनी धेरै पुज्यौ,

तर, कस्तो भाग्य मेरो मन्दिरबाट फालिदियौ।

 

अघि जाउँ कहाँ जाउँ फर्किने त कुरै छैन,

आधा बाटो हिँडेपछि दोधारमा पारिदियौ।

 

जबसम्म साथ थियौ जुनेलीको रात दियौ,

फेरि जून टुक्राएर बगरमा झारिदियौ ।

 

बदला त हुँदै हैन भूल कस्को थाहा छैन,

खै किन हो प्राणप्रिया मलाई ज्यूँदै मारिदियौ।

प्रकाशित: २७ पुस २०७७ ०५:०४ सोमबार

अक्षर