कला

भाका देऊ सीप देऊ मौका पनि देऊ

बालगीत

मुक्तिनाथ शर्मा न्यौपाने

 

सानी नानी सरिनाको गीत गाउने मन छ ,  

गीतसंग म नाचुला उनको भाइ भन्छ ।

 

राम्रो स्वरमा राम्रा गीत गाउनु नै पर्छ,

यसो गर्दा आफैलाई रमाइलो हुन्छ।

 

बाबा देऊ राम्रा गीत गुरुआमा देऊ  

भाका देऊ सीप  देऊ मौका पनि देऊ

 

हामी साना नानी मिली गीत गाइदियूँला,

मयूरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला ।

प्रकाशित: २६ पुस २०७७ ०९:५५ आइतबार

जूनकिरी