कला

मर्म नपरी आँखाको झरी झर्छ कसरी?

छेस्का

 विनोद नेपाल

 

लेखौं है छेस्का

चोटिला कुरा

चसक्क चस्का ।

    –  

मर्म नपरी

आँखाको झरी

झर्छ कसरी?

–  

रहिन्छ यहीँ

नबढे अघि  

पुगिन्न कहीँ ।

–  

कोरोना घाउ

शून्यमा झर्यो

मान्छेको भाउ ।

–  

निरीह मान्छे,

ढुंगा पुज्दैछ,

बन्द कोठामा ।

–  

कठै बिचरो  

मै हुँ भन्दैछ

लुकेर मान्छे ।

समय रुष्ट

दिन न रात,

आजको मान्छे ।

बिहानी घाम

हाँस्यो हिमाल

रमायो मन ।

–  

शीतको थोपा

पातको शोभा

ढल्कियो फूल ।

धुवाँको मुस्लो

आजको मान्छे

नबल्ने आगो ।

(नोट – २०७६ , मंसिर  २४ देखि ‘छेस्का’नाम दिई उपर्य‘क्त संरचनामा लेख्दै र सामाजिक सञ्जालमा राख्दै आएकोमा ‘छेस्का’ को यो नै पहिलो प्रकाशन हो ।)

प्रकाशित: २५ पुस २०७७ ०५:१२ शनिबार

अक्षर