कला

सुगा

बालगीत

इन्द्रकुमार श्रेष्ठ सरित्

     

सुगा मेरो हरियो छ

चुच्चोचाहिं रातो ।

रिसाउंदा झम्टिन्छ नि

लिन्छ यसले सातो ।

 

खुर्सानी नै खान्छ यसले

खान्छ खुर्सानीको बियां ।

रमाउंछ कहिलेकाहीं

उफ्रिन्छ है दायाँबायाँ ।

 

गोपीकृष्ण गोपीकृष्ण

भन्छ पिञ्जराको सुगाले ।

जाडो भए ढाकिदिन्छु

उसलाई न्यानो लुगाले ।

 

खोलिदिन्छु पिञ्जरा म

उड्छु सुगा रमाई ।

म पनि त रमाउंछु

उसको हात समाई ।

 

सुगा मेरो हरियो छ

चुच्चोचाहिं रातो ।

रिसाउंदा झम्टिन्छ नि

लिन्छ यसले सातो ।

प्रकाशित: २० पुस २०७७ ११:२६ सोमबार

जुनकिरी