कला

अभिनेता रजनीकान्त अस्पताल भर्ना

भारतका प्रख्यात अभिनेता रजनीकान्तको स्वास्थ्य अचानक बिग्रिएको छ। उनलाई हैदराबादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको छ। उक्त रक्तचापका कारण उनलाई अस्पताल भर्ना गरिएको अस्पताल व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै जनाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।  

विज्ञप्तिमा भनिएको छ,'उनको रक्तचापमा गम्भीर उतार/चढाव भएको छ। उनलाई उपचार आवश्यक भएकोलेअस्पतालमा भर्ना गरिएको हो। उपचार चलिरहेको छ।' केहि समय यता  रजनीकान्त आफ्नो अर्को फिल्म 'अन्नाथे' को छायाङ्कनको क्रममा हैदराबाद मा रहेका छन।  

यसअघि रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। नयाँ वर्षमा  राजनीतिक पार्टी बनाउने र यसको घोषणा ३१ डिसेम्बरमा गरिने उनको भनाइ थियो। रजनीकान्तले सन् २०१७ देखि नै राजनीतिक दल खोल्ने बताउँदै आएका थिए। समय बित्दै जाँदा उनले यो विचार त्यागेको अड्कलबाजी गरिंदै आएको थियो। तर दल खोल्ने घोषणासँगै उनले तमाम शंकाहरुलाई विराम लगाइदिएका छन्।

 

प्रकाशित: १० पुस २०७७ ०९:५१ शुक्रबार