कला

विज्ञापन

लघुकथा

मधुसूदनप्रसाद घिमिरे

 

 एउटा सरकारी कार्यालयमा जागिर खुल्यो । नायव सुब्बा पद । त्यो पनि अस्थायी  । लोकसेवाबाट सिफारिस आएपछि। स्थायी नियुक्ति हुन्छ । अनि यो अस्थायी जागिर सकिइन्छ ।

फाराम किन्यो।टिकट टाँस्यो । लाइन बसेर  वल्लतल्ल फाराम बुझायो पाँच जना मागेको रे। पाँच सयको निवेदन  परयो । अन्तरवार्ताको दिन आयो ।

सम्भावित धेरै कुरा पढेर सबैले राम्रै अन्तरवार्ता दिए ।

नतीजा प्रकाशित हुनै सकेन । परीक्षा दिनेहरू पटकपटक बुझ्न गए । पछि थाहा लाग्यो । पाँचै जना विभागीय मन्त्रीज्यूको मान्छे राख्नुपर्ने भो रे । मन्त्रीज्यूका मान्छेले अन्तरवार्तामा सम्मिलित भएका थिएनन। अब सूचना टाँसियो –  विज्ञापन गरी मागिएको अस्थायी नासु पदको विज्ञापन रद्द गरिएको छ !

प्रकाशित: २५ मंसिर २०७७ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App