लक्ष्मण पुरी
भगवान बुद्धको आँगनमा
कपिलमुनिको ध्यान
श्रीङ्गी ऋषिको अस्तु रहेको
मेरो प्यारो कपिलवस्तु !
भागिरथी गङ्गाको भेषभित्र
लक्ष्मणको धनु तीरमा बाण गङ्गा बनी
माता सिताको प्यास मेटाएको
मेरो प्यारो कपिलवस्तु !
सुपा देउराली शिरमा राखी
लुम्बिनीको काखमा लुटपुट गर्दै
तौलेश्वर महादेवको घण्टमा नृत्य गर्ने
मेरो प्यारो कपिलवस्तु !
राम, बुद्ध, यशु होस् या रहिम
ॐ, पेमे ॐ, आमिन र आमेन जप्दै
सर्वधर्मको आश्रय बनेको
मेरो प्यारो कपिलवस्तु !
प्रकाशित: २४ मंसिर २०७७ ०९:०० बुधबार