कला

कोरोनामा बिहे

लघुकथा

प्रभादेवी पौडेल  

 

उसले बन्दी खामभित्र रहेको बिहेको कार्ड टेबुलमा फ्यात्त फाल्यो र दराज खोल्यो। आफ्नो तीनवटै छोराको बिहेमा छिमेकीका बाउछोरा नै जन्त गएका थिए । उसको त एक्लो छोरोको बिहे अवश्य पनि  भव्य होला उसले सोच्यो। अनि यो विचार गर्यो – अब जन्ती जाने दिन पनि एक हप्ता छ, कति पुरानो लुगा लगाउने भनेर दराजबाट नयॉ कपडा झिक्यो। सिलाउन दियो।

बिहेको दिन आयो। ऊ बिहानैदेखि तर्खर गर्यो । झापा जन्ती जाने ऊ अबेर हुन्छ कि भनेर हतारियो। सिटको समस्या हुन्छ कि भनेर साथीलाई खबर नगरी सिधै बिहे घरतिर हानियो। चमेना खायो। त्यहॉ अरू त के दुलाहका बाबुआमा पनि बोल्न चाहेनन् उसंग। 

दुलाहाको सिंगारिएको कार र एउटा माइक्रो पहिल्यै भरिएको थियो। माइक्रोको पछाडिको एउटा सिट बाँकी थियो। ऊ त्यही सिटमा  गएर बस्यो। एकछिनमा दुलाहको भान्जा भित्रबाट आयो। आफ्नो सिटमा कोही बसेको देख्यो। यो देखेर दुलाहाका बाले भने – माफ गर्नुहोला दिवाकरजी, हजुरले राम्रोसंग बिहेको कार्ड हेर्नु भएन जस्तो छ।

प्रकाशित: २१ मंसिर २०७७ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App