कला

चौतारी र एक्लो पिपल

लघुकथा

सरस्वती श्रेष्ठ सरु

 

समय थियो ,बल थियो, वर्कत थियो । जरा बलियो थियो । हाँगाहरू बलिया थिए । पातहरू हराभरा थिए । बैँस थियो र थियो सबथोक । उसको छहारीमा शीतल ताप्न गोठाला आउँथे । केटाकेटी आउँथे । काखमा बस्थे । लडीबुडी खेल्थे । गट्टा खेल्थे, बाघचाल खेल्थे । वरिपरि लुकामारी खेल्थे ।

 युवाहरू आउँथे । काखमा बसेर जुवा खेल्थे । बूढापाका आउँथे , शीतल अनुभूति गर्दै दुखसुखका बात मार्दै एकअर्काका मनका बह पोख्थे ।  

समयले कोल्टे फेर्यो । जराहरू खलबलिन थाले । हाँगाहरू मक्किन थाले । पातहरू पहेंलिंदै  झर्न थाले । सियाँल हराउन थाल्यो र ऊ अहिले एक्लो बन्यो ।  

प्रकाशित: २१ मंसिर २०७७ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App