मञ्जुश्री गिरी
कविहरू कवितामा जमिरहेका थिए । राम्राराम्रा कविता सुनाइरहेका र सुनिरहेका थिए । देशका कुनाकुनाबाट आएका कविहरूमध्ये कसैले देश सुनाए । कसैसँग परदेशका पीडा थिए । कसैका हास्य कविताले माहोल तातिँदै थियो । युवा कविपछि युवती कविको लगातार पालो आयो । यसै क्रममा मैले प्रेम कविता वाचन गरेँ । सुन्न सबै उत्सुक थिए । रोमान्टिक भएर होला वाहवाहको वर्षात् भयो । बिहान घरमा आएका विशेष केही पाहुनाहरूमा एक जना अधबैंसे कवि पनि थिए । दिउँसैदेखि ती कवि निक्कै जिस्किँदै म्यासेन्जरमा गफिँदै थिए ।
दिनभरि व्यस्त भएँ । बेलुका ल्यापटप खोलेँ । श्रीमानजी मसँगै ढेसिँदै हेर्न थाल्नुभयो ।
– बाफ रे सानु, फ्रेन्ड रिक्वेस्ट त के हो , सानो लाइन छैन त । यसो मनमनै गनेको तीस जनाको रहेछ ।
म्यासेज धेरै देखे । झिल्के कवितिर आँखा गयो । प्रिय कवि, प्रिय कवि थियो । सम्बोधन देखे निकै तारिफ थियो। असहज भैरहेको थियो । यसैबेला श्रीमानको मुखबाट निस्कियो – यसलाई ब्लक हान सानु, तिमी यसको प्रिय होइन ।’
ईरष्यालु नजर मेरा नजरमा ठोक्किरहयो।
प्रकाशित: २० मंसिर २०७७ १०:०४ शनिबार