कला

पैंसट्ठी किलो

लघुकथा

पुष्पा सायरा  

 

  –  आफ्नो कुरा बन्दै राख्नु के । कति बोलिरहेको भन्या । उस्तै बानी क्या मामुको जस्तो । सूर्य उकालो लागेपछि कति सौम्य लाग्छ । संसारलाई शान्ति दिन्छ ।  यस्तै त हो नि उमेरको किनारा पनि ।  अझै पनि कुन युद्ध जित्नु छ र स्वचिन्तनमा ध्यान दिनु , केही ज्ञान भए बाँड्नु बस् ।

– हामी त खाएको – लाएको मान्छे !  ठाँटबाँड नै अर्को हिजोअस्तिसम्मको  हाकिम पो त । तिम्रा नशा कहाँ चल्छन्, हामीलाई थाहा छैन ! तिमी मलाई के सिकाउँछौ बिनसित्तिमा  कमल ! 

– रामको आवाज भान्छामा खाना बनाउँदै गरेकी श्रीमतीसम्म पुग्यो । अनि बाहिर निस्केर भन्दै थिइन्–  कति अहम् हजुरलाई, अर्कालाई गाली गर्दा आफ्नो पनि त मान रहन्न । फेरि भएजति कुरा सबै नै ओकल्ने हो भने  के मोल र बोलेको !  

– हिजोसम्म कति डर राखेर बोल्ने मानिस, हेर्नुस् न कति निडर भएर बोलेको हजुरसंग । हिजोअस्ति बुवा भन्दै नमस्कार गर्थ्यो । आजभोलि कति सजिलै बा भन्छ । खै हजुरको वेट कति रह्यो र !  श्रीमतीको प्रश्नको उत्तर फर्काउँदा उनको कुरा यस्तो थियो – ए हो र, मेरो तौल पैंसट्ठी किलो । अस्ति भर्खर नै हस्पिटलमा नाप्दा तिमी पनि त संगै थियौ नि, हैन र !

श्रीमती हाँसिन मात्र कुरा बुझेकी थिइनन् । कमलले आदरले बा भन्न थालेको त धेरै भएको रहेछ ।

प्रकाशित: १८ मंसिर २०७७ ०९:३६ बिहीबार

अक्षर