बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ।
भारतीय लोकसभा सांसदसमेत रहेका अभिनेता देओलले बुधबार बिहानै ट्विट गरेर आफूलाई कोरोना पाेजिटिभ देखिएकाे जानकारी दिएका हुन्।
‘मैले कोरोना परीक्षण गराएँ र रिर्पोट पोजेटिभ आएको छ। अहिले म आइसोलेसनमा छु र स्वास्थ्य अवस्था ठीक छ,’ उनले लेखेका छन्, ‘पछिल्लो केही दिनदेखि मेरो सम्पर्कमा रहेका तपाईंहरु सबै आइसोलेसनमा बस्न हुन मेरो अनुरोध छ।’
उनको हालै मुम्बईमा काँधको शल्यक्रिया गरिएको थियो।
प्रकाशित: १७ मंसिर २०७७ ०६:५९ बुधबार