मञ्जुश्री गिरी
आमाको दोस्रो वर्षको श्राद्ध थियो । घरमा चेलीबेटी त के कुरा बाहुन पनि आएनन् । सरदम के पकाउने सोच्दासोच्दै खानेकुरा बनाइयो ।
नजिक भएका पनि यस्तैउस्तै कुरा भयो । श्राद्ध नगरे पनि सिदा मात्र गर्न पाए हुने भन्ने मनमा लाग्यो । कता कता पीडा भयो ।यो पीडाले कताकता आमाप्रतिको प्रेम छचल्केको महसुस भयो । कसरी खानु भनेर सिदा छुट्याएँ ।
बाहुनले पहिला त फोन उठाएनन् । पछि धेरैपल्ट फोन गरेपछि सिदा नल्याउनु कोरोनाको त्रास छ । गाईलाई दिनू एक भाग सिदा । अर्को भाग गंगामा बगाइदिनू भनेर बाहुनले भनेपछि सिदा बोकेर खोलातिर जान लाग्दा मन पोल्यो । बरु आँगनमा वा घरकै छतमा त्यो खिर राखिदिन मन लाग्यो । एक बटुको खिर कुकुरलाई दिन मन लाग्यो । छतभरि एक हुल चराहरू अनिकालको गीत गाएर रमाउँदै खान थाले ।
कुकुर खिरमा दंग थियो । आमाको बैठक कोठामा राखेको फोटो मुसुक्क हाँसेको हाँस्यै देखेँ।
प्रकाशित: १६ मंसिर २०७७ ०३:५२ मंगलबार