कला

बुढेसकाल

कविता

 कल्पना अधिकारी 

 

जीवनभरि काम गरे घुँडा धसीधसी

सोचेथे बुढेसकालमा खान्छु बसीबसी

बुढेसकालमा अब आउलाभन्दा पेन्सन

दिनसम्म दियो हजुर कोरोनाले टेन्सन

म त हजुर साठी काटी उमेर पाको भाको

राम्रोसँग पचाउँदिनँ खाना पनि खाएको

वृद्धहरूको स्वास्थ्यलाई विशेष ध्यान राख

लामो जीवन जिउनलाई सबको हुन्छ आस

आज्ञाकारी छोराछोरी मन मिल्ने बूढी

रमाउदै गाउँशहर हिड्थे लौरो टेकी

अहिले त बालवृद्ध बस्नुपर्छ अरे घरै

कहिले आउला  रमाउँदै फेरि घुम्ने दिन बरै ।

प्रकाशित: २ मंसिर २०७७ ०८:४८ मंगलबार

अक्षर