कला

दीपावलीको औंसी

हृदय नै उज्यालो नभएकैले होला

बाहिर खुबै बत्ति बाल्नुपरेको ।

स्वार्थले हृदय भरेकैले होला

शुभकामना बाँड्दै हिँड्नेगरेको ।

भित्रबाट खोक्रो भएकैले होला

खुबै तामझाम गर्नुपरेको ।

मनमा दरिद्रता भरिएकैले होला

खुबै लक्ष्मीको पूजा गर्नेगरेको ।

 

प्रकाशित: २९ कार्तिक २०७७ ०६:०० शनिबार

तिहार लक्ष्मी पूजा