कला

जीवन तमासा बनेछ

कविता

लक्ष्मी उप्रेती  

 

रित्ता छन् सहरहरू  

मानिसका सपना  निलेर कैदी बनाउने

यो समयको अपत्यारिलो चालमा

शून्यताको कोलाहल चर्को छ।  

उडिरहेछन् चराहरू

फर्कने हुन हैन थाहा छैन

चराहरूसँगै उड्न खोज्ने मनहरू

कोठामा गुमसुम उदासउदास  

जीवनको कुनै टुङ्गो छैन।  

मानिसहरू नआउँदा त  

एकान्तबास अत्यासलाग्दो  

कोठासँगको प्रेम विरक्त लाग्ने रैछ  

सम्बन्धहरूका न्यानो कलेवरमा रमाउने  

मनका भाव एकाएक टुंगिए उफ !

कठाङ्ग्रिने चिसो  

शितलहरी नै चलेछ शहरमा  

तर, किन आगोको फिलुङ्गोले  

डामेजतिकै राप छ ।

हरे, जीवन तमासा बनेर  

आफन्तको विदाइमा निर्घात चोट सहिरहेछ ।

प्रकाशित: २८ कार्तिक २०७७ ०९:१५ शुक्रबार

अक्षर