शरण खत्री मृदुल
देखाउनु छ सञ्चार उन्नतिको नयाँ शिराबाट
आउँछ चमक अँध्यारोमा जसरी हीराबाट ।
कुरूपता नि बदलिन्छ समयसँगै सुन्दरतामा
हेर्नुस् पुतली पनि त बन्छ झुसिल्किराबाट ।
जताततै व्याप्त छन् भित्रभित्रै खाइरहेछन्
घर जोगाउन गाह्रो भो यी सहस्र धमिराबाट ।
त्याग्नै सकेन पिइरह्यो बरू ज्यानै त्याग्यो
कुन्नि कस्तो स्वाद पायो उसले मदिराबाट ।
प्रकाशित: २८ कार्तिक २०७७ ०७:४१ शुक्रबार