कला

मेलो र सत्ता

कविता

सोनाम सज्जन किराती

 

 

महान् जनता भोकै हुन्छन्  

र पनि कर तिर्छन्  

आफ्नो अभिभावक राज्य बचाउन

तर यहाँ  

एउटा खतरापुर्ण  

जीवित अहङ्कार

उठी आएछ

यही सत्य छ  

यो सत्ताभासबाट

 

बरु एउटा मल बाँचेर  

डालेघाँसको बोट  

कतै आँगन नजिकै करेसातिर  

तरकारीहरू

समृद्धि ल्याउन आतुर देखिन्छन्  

 

त्यही स्वादमा सत्ता

विरुवाको स्वाद उत्पादन  

विरुद्ध उभिन्छ

यो कस्तो अहङकार  

 

मेलो बिगार्दै  

भाँडभैलो गर्ने  

रिसाहा बहर

दाउनु छ भविष्यमा जोताउन  

जोगाउनु छ  

सही बुझाइमा

हिड्ने बनाउन

 

यो कार्य  

कसैले गर्न सक्दैन

उस्ले सक्छ  

जो हुन स्पात कृषक

साँचो सत्ताको मालिक  

जसले मात्र जान्दछ

गोरु तह लगाएर

सत्यको खेतबारी जोत्न  

हो यसरी  

सत्ताहरू मेलापातमा पुग्नुपर्छ  

ऋतुहरूसित  

अमूल्य  फल फलाउन जान्नुपर्छ  

नत्र नत्थीमा कसेर  

मुसलमाने कसाईघर पठाइदिनेछन

अल्छी बेइमान खराब गोरु जतिलाई ।

प्रकाशित: २६ कार्तिक २०७७ ०७:३९ बुधबार

अक्षर