कला

डिएनए

लघुकथा

रञ्जुश्री पराजुली

 

एकदिन स्थानीय रविन्सनको परिवारले प्रवाशमा रहेका हामीलाई बेलुकाको खानाका लागि इन्भाइट गरेको थियो । त्यो अमेरिकी परिवारसँग  हाम्रो राम्रो मित्रता थियो । सौहार्द थियो । उनीहरूको परिवार बुबाआमा र छोरी मात्र थियो । तर त्यो दिन त्यहाँ अरू एक  स्थानीय जोडी पनि निम्त्याइएका थिए  । हाम्रो परिचको क्रममा मिसेस रबिन्सनले ती पाहुना नारी उनको आधा नन्द र पुरुष ती नारीका पति भएको खुलासा गरिन्  ।

मैले सोधें,“तपाँको श्रीमान् एउटै छोरा भनेको होइन र ?’

“हो नि तर आजभोलि ‘डिएनए’ वांशिक आधार पत्ता लगाउने वैज्ञानिक  परीक्षणबाट  जाँच गराउँदा कुन पूर्वजबाट के कति पुस्ता पार गर्दै आजको अवस्थामा आइपुगेको हो भन्ने पत्ता लगाउंन सकिने रहेछ । फिन अर्थात्  मेरा श्रीमानले उनको डिएन परीक्षण  गराउंदा अहिले उनकी एउटी दिदी पनि भएको जानकारी प्राप्त गरेपछि सोधीखोजी गर्दा एउटै शहरमा रहेको तर  थाहापत्तो केही  नभएको रहेछ । थाहा पाएपछि उनीहरू दाजुबैनीको रूपमा आउजाउ गर्ने चाडपर्व मनाउने गर्न थालेछन्  । आमा अविवाहित अवस्थामा जन्मिएकी त्यो छोरीको जानकारी उनले छोराबुहारी कसैलाई पनि दिएकी थिइनन्  रे ।

मैले त्यो कुरा अचम्म मानेर सुनेको देखेर ती पत्ता लागेकी दिदीले ‘मबारे आमाले किन  भाइलाई केही नभनेको होला जस्तो लाग्यो । तर त्यसबेला उहाँको आफ्नो पनि केही समस्या थियो होला भन्ठानेर चुप लागे ।’

मिसेज रबिन्सनले ‘त्यसपछि उत्सुकता लागेर मैले पनि आफ्नो डिएनए परीक्षण गराएँ । म अहिले सेतो वंशकी छु तर मेरा वंशज काला जाति थिए रे’  भनेपछि म झन् छक्क परे ।

प्रकाशित: २४ कार्तिक २०७७ ११:१७ सोमबार

अक्षर