कला

बिर्खे ड्राइभर

लघुकथा

 त्रिविक्रम पाण्डे 

 

 एउटी श्रीमतीले अकस्मात आफ्नो श्रीमानको मोबाइल जाँचिन् । परीक्षणमा उनले तीन वटा अचम्मका नामबाट मोबाइल नम्बरहरू सेभ भएको देखिन् ।

–मेरी प्यारी

–मेरी दिल

–मेरी सपनाकी रानी

उनलाई रिस उठ्यो ।

–उनले पहिलो नम्बरमा फोन लगाइन, त्यो श्रीमानकी आमाले उठाइन् ।

–दोस्रो नम्बरमा फोन लगाइन् त, श्रीमानकी बहिनी बोलिन्।

–तेस्रो नम्बरमा फोन लगाइन् त, उनको आफ्नै मोबाइल पो बज्न थाल्यो ।

अनि उनी रुन लागिन् , आँखाबाट अश्रुधाराहरू बग्न थाले, किनभने उनले आफ्नो निर्दाेष श्रीमानमाथि धेरै शंका गरेकी थिइन् । पश्चाताप गर्नका लागि उनले यो महिनाको पूरै तलब श्रीमानलाई नै फर्काइदिइन् । श्रीमानको यस्तो महानता र इमानदाारीका बारेमा जब सासू आमाले जानकारी पाइन् तब आफ्नो ज्वाइँको यस्तो निष्ठाप्रति गौरावान्वित हुँदै हजारौँ रुपैयाँ नगद पुरस्कारमा दिइँन् । श्रीमानले यसरी फोकटमा प्राप्त भएको सारा रुपैयाँ बटुले अनि महँगो उपहार किने । त्यो महँगो उपहार आखिर उनले आफ्नी गर्ल फ्रेन्डलाई सुम्पे जसको नाम आफ्नो मोबाइल सेटमा बिर्खे ड्राइभर लेखेर सेभ गरी राखेका थिए ।  

प्रकाशित: १९ कार्तिक २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App