कला

व्यस्त बौचोमा

कविता

छायादत्त न्यौपाने बगर

 

फूलमा बस्छ

मह बाँड्ने मौरी

सिनोमा मुख

मह काढ्ने मान्छेको  

कत्रो बहादुर !

सहमति च्यात्न सिपालु  

सुन्दैन जनबेथा

बौचो कस्नमै व्यस्त  

कस्तो हुन्छ !

ढल जाने मुख

उस्तै हुन्छ  

घुस जाने मुख ।

कस्तो जुको !

फुलिरहन्छ निमुखाको रगतपसीनाले

निदाइदिए मतदाता  

सजिलै चोखिए भ्रष्ट नाइकेहरू  

कहिले खोल्ने !  

जनताले चेतनाको बिर्को

जर्‍याकजुरुक नउठे

लुछिरहन्छन् माकुराहरू आमालाई ।

प्रकाशित: २ कार्तिक २०७७ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App