कला

छोरा दशैंमा नआउ घर !

कविता

अनोज रिजाल

 

हिजोआज मेरो आँखामा कसिंगार बिझेको छ ।

छोरा ! मुटुमाथि ढुङ्गा राखी भन्छु आज

त्यहाँ गाउँघर जानका लागि कति होला उमङ्गको लहर

पल्लो घर गयो कि तिम्रै कुरा हुन्छ ,

छिमेकीलाई सान्त्वना दिन  

छोरा दशैंमा नआउ घर !

मै बूढी आमा यताउता सुन्दै छु,

गाउँमा पनि अहिले ‘फो जी ’चल्छ भन्छन्

सरकारलाई बरु म सबै छोराका लागि  

सस्तो डाटा बनाउन माग गरौंला  

अनि अरू पनि उतै रहन्छन्

माग पूरा भए दिऊँला आशीर्वाद भर्चुवलबाट फरर

म्यासेन्जर, भाइबर, इमुबाटै कुरा गरौला  

छोरा दशैंमा नआउ घर !

मतलब छैन यहाँ तरुनीतरुनीलाई संकटको बेला कसैको  

चिकेनमटन खाई रमाएको सधैं याद आउँदो रहेछ दशैंको  

अर्को सााल पुग्छ तिम्रो हाँस्ने, घुम्ने, रम्ने, खेल्ने सम्पुर्ण रहर  

अहिलेको साल चूपचाप बस आइसोलेसनमा  

छोरा दशैंमा नआउ घर !

पिरले खुट्टा लरबरिन्छन् दाउराको भारी फ्यात्त बिसाई सम्झिदा

सपनीमा देख्छु घरमा कमेरो छेप्दै गरेको  

आँसुका ढिका बग्छन् विपनीमा बिउँझिँदा

त्रसित छन् समयले कोल्टे फेर्दा सबै गाउँदेखि शहर  

जगतलाई बचाउनु छ तिमीले  

जहाँ छौ त्यहीँ  बस छोरा दशैंमा नआउ घर !

सुन्दैछु तिमी बजारतिर फगत साथीसंग घुमेको  

बिर्सियौ तिमीले पोहोर एकादशी बजार गई सफलता चुमेको  

आफैं सुरक्षित रहनु 

स्वार्थी संसारमा नपर्नु कसैको भर  

हामी गरीबलाई कोभिडले छोएपछि सकिदैन  

छोरा दशैंमा नआउ घर !

हुने कुरा नहोस् भनी  सम्झाएको  

आमाले यस्तो भनी भन्दैमा नलिनु पिर  

भन्न त कहाँ मन थियो र ?

सम्झन्छु तिमीलाई हेरी तस्वीर

बहादुर छोरो हो सचेत बनाउँछ सबैलाई किन मान्छ डर

भर्चुवल मिटिङबाटै चेतना फैलाउनु

छोरा दशैंमा नआऊ घर !

प्रकाशित: १ कार्तिक २०७७ ०४:३१ शनिबार

अक्षर