कला

मेरो बाबा

बालकविता

सासा अधिकारी  

 

हात समाई स्कुल पनि लाने तिमी हौ  

म सँगसँगै बजार पनि जाने तिमी हौ  

माया गरी गालामा म्वाइँ खाने तिमी हौ  

गर्मी भए शीतल हावापानी तिमी हौ  

लुकामारी खेलीखेली मलाई हँसाउने

रिसाएमा म मेरोसामु  आई फकाउने  

मेरो जिन्दगीको एक घाम तिमी हौ  

मैले लेख्ने एउटै संसारमा नाम तिमी हो  

भाग्य लेख्ने मसी हुन्छ हुन्न के थाहा  

सबैका छन् यहाँ आफ्नाआफ्नै व्यथा  

सपना देखेर पूरा गर्ने काम तिमी हौ

मेरो जिन्दगीको एउटै राम तिमी हौ ।

प्रकाशित: २१ आश्विन २०७७ १०:३२ बुधबार

जूनकिरी