कला

बलिउडभित्र लागुऔषध मामिलामा ठूलो खुलासा, शाहरुख खान पनि ‘संलग्न’

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणअन्तर्गत बलिउडमा लागुऔषध अनुसन्धान गरिरहेको निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले एउटा अर्काे ठूलो खुलासा गरेको छ।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार लागुऔषध कारोबारीले भारतीय चलचित्रका ठूला नायकहरूको नाम पनि लिएको हो। ती हुन्–  शाहरुखान, अर्जुन रामपाल र डिना मारिया।  

सबैभन्दा ठूलो खबर त के हो भने अर्जुन रामपालले शाहरुखका लागि लागुऔषध (ड्रग्स) ल्याउने गरेको खुलेको छ।  

यस अघिसम्म लागुऔषध मामिलामा अभिनेत्रीको नाम मात्र मुछिएको थियो। पहिलोपटक अभिनेताहरूको नाम पनि जोडिन आइपुगेको हो।  

दिल्लीका एक एनसिबी अधिकारीले नाम नबताउने सर्तमा यस्तो खुलासा गरेको दैनिक भास्करले जनाएको छ। उनीसँग गरिएको कुराकानी आफूसँग सुरक्षित रहेको दैनिक भास्करले उल्लेख गरेको छ।  

प्रकाशित: १५ आश्विन २०७७ ०७:४७ बिहीबार

सुशान्त सिंह राजपुत