कला

अनुराग कश्यपलाई प्रहरीले बोलायो

मुम्वई प्रहरीले निर्देशक अनुराग कश्यपलाई प्रहरी थानामा उपस्थित हुन भनेको छ। अभिनेत्री पायल घोषले अनुरागका विरुद्ध यौन उत्पीडन मामिलामा एफआईआर दर्ता गरेपछि प्रहरीले उनलाई बोलाएको हो।

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले अनुराग कश्यपलाई वर्सोवा प्रहरी स्टेसनमा उपस्थित हुन भनेको छ। एक अधिकारीका अनुसार भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३७६ (I) बाट घटनाबारे अनुसन्धान गरिरहेको छ।

यस अघि पायलले अनुरागविरुद्ध कुनै कारवाही भएन भने अनसन बस्ने बताएकी थिइन्। पायलले अनुराग प्रभावशाली व्यक्ति भएकोले एफआईआर दर्ता गर्दा पनि पक्राउ नगरेको आरोप लगाएकी थिइन्।

 

 

प्रकाशित: १४ आश्विन २०७७ ०७:५८ बुधबार

अनुराग कश्यप पायल घोष