कला

सुशान्त सिंह मृत्यु प्रकरणबारे एम्सले सीबीआईलाई दियो रिपोर्ट

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ। केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ। अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ।

सीवीआईलाई एम्सले पोष्टमर्टम र विसेरा रिपोर्ट दिएको हो। रिपोर्टको बारेमा अहिलेसम्म केही बताइएको छैन। यो सँगै सीवीआईले उनको परिवार र बहिनीसँग सोधपुछको तयारी गरिरहेको छ। सुशान्त सिंहको मृत्यु पछि बलिउडमा लागुपदार्थ कनेक्सनबारे एक पछि अर्का अनुसन्धान भइरहेका छन्।  

 

 

प्रकाशित: १३ आश्विन २०७७ ०२:३६ मंगलबार

सुशान्त सिंह राजपुत