कला

फूलबारी

छन्द बालगीति

आयुष्मा तिवारी

 

फूलबारीमा फूलैफूलफूली सकेछन्

साथीसङ्गी रमाउँदै खेल्न पुगेछन्

पुतली र माहुुरी लौ उड्दै आएछन्

फूलको रस खोज्दैखोज्दै यहाँ पुगेछन् ।

 

हावापानी स्वच्छ सफा निकै सुन्दर

मलाई नि खेल्न जान लाग्यो रहर

झिलिमिली सँधै हुने फूलको सहर

फूलमा नै रमाउँछु हरेक प्रहर ।।

 

बालापन हाँस्छ मेरो फूलबारीमा

रमाइला पलहरु मेरो मनमा

फुर्सदका मेरा दिन बित्छन् बागमा

हाँस्छु घरि नाच्छु यिनै फूलसँग म ।।।

 

फूलबारीमा चराहरू कति सुन्दर

लाग्यो यिनै चराजस्तै उड्ने रहर

चिसो चिसो बतासले मनै हरर

फूलको डाली हल्लाउँछ हावा फरर ।।।।

कक्षा – ८, 

अक्सिडेन्टल पब्लिक स्कुल

अनामनगर ।

प्रकाशित: ३ आश्विन २०७७ ०९:४७ शनिबार

जूनकिरी