बोधराज पौडेल
मौरी महैमा डुबेर मर्छ, हो, प्यार यस्तै त गर्नुपर्छ
आँधी चलेको छ जस्को मनैमा, पानी उसैले त भर्नुपर्छ ।
थुतेर पात फूलको, फालेर ढुंगामाथि,
आफू सधैंंसधैं पवित्र, देख्नेछ दोषी अरू नजाति ।
दिएर खाऊँ स्वर्ग पुगिन्छ, आखिर मृत्यु त तर्नुपर्छ ,
आँधी चलेको छ जस्को मनैमा, पानी उसैले त भर्नुपर्छ ।
सम्झियौ भनेर भुल्नेहरू छन्, हाँगाविना नै फुल्नेहरू छन्
राखेर याद मनमा कति, स्वर्गै पनि भुल्नेहरू छन्
गर याद केही अतीतको, विजादि केही त छर्नुपर्छ
आँधी चलेको छ जस्को मनैमा, पानी उसैले त भर्नुपर्छ ।
प्रकाशित: ३० भाद्र २०७७ ०७:४० मंगलबार