कला

रिया चक्रवर्ती र उनका भाइको जमानत याचिका खारेज

सुशान्त सिंह राजपुतसँग जोडिएको एक मामिलामा मुम्बईको विशेष अदालतले रिया चक्रवर्तीको जमानत अपिल खारेज गरेको छ। अदालतले उनका भाइ शौविक चक्रवर्ती र अन्य अभियुक्त अब्दुल बासित, जायद विलात्रा, दीपेश सावन्त र स्यामुअल मिरान्डाको जमानत पनि खारेज गरेको छ।

रियाका वकिलले अब सोमबार मुम्बई उच्च अदालतमा जमानत याचिका दायर गर्ने बताए। विशेष अदालतको आदेशको कपि प्राप्ता हुनासाथ उच्च अदालत जाने उनले बताए।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुशान्त सिंह राजपूत मामलामा जोडिएको लागुऔषको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो।  

 

 

प्रकाशित: २६ भाद्र २०७७ ०८:२६ शुक्रबार

रिया चक्रवर्ती