बोधराज पौडेल
राज्य मैले खाने गाँस गाँसमा कर लगाउँछ
आमा एक गाँस थप गर्नका लागि कर लगाउनुहुन्छ
कति फरक छ आमा र राज्यमा
आमा स्वस्थ बनाउन कर लगाउनुहुन्छ
राज्य चिन्ता बढाउन कर लगाउँछ ।
मैले भात नखाँदा
चिन्ताले आफूसमेत नखाने मेरी आमा
र, मैले कर तिर्न नसक्दा
मलाई सुविधाबाट वञ्चित गर्ने मेरो राज्य
म अझैं बुझ्न खोजिरहेछु फरक
आमा र राज्यमा ?
राज्य जनताप्रति
र, आमा सन्तानप्रति
सधैं उत्तरदायी हुन्छ भन्थें
मैले पढने कितावका शब्दहरू
के मेरो राज्य मेरी आमाजस्तै छ त ?
यौटा अनुउत्तरित प्रश्न छ मेरो
कर र कर बीचको फरकमा
आमा र राज्यप्रति ।
प्रकाशित: १८ भाद्र २०७७ ०६:४७ बिहीबार