उपासना पाण्डे
जीवनभरि दुःख गरी मुसुमुसु हाँस्ने
परिवारको खुसी देख्दा आफ्नो दुःख बिर्सने
आफूभन्दा आफ्नो सन्तान अघि बढून् भन्ने
उनीहरूको उन्नति देख्दा सधैं गर्व गर्ने
बाबा हाम्रा प्यारा हुन्छन् सधैं माया गर्ने
रिसाए पनि हामीलाई सधैं आशिष् दिने
छोरीको पहिलो माया अनि छोराको जीवनको नायक
बाबाहरू यस्तै हुन्छन् सधैं गर्व गर्नलायक ।
प्रकाशित: १३ भाद्र २०७७ ०९:०० शनिबार