कला

चराको क्रम

बालकविता

कल्पना अधिकारी

बिहान भयो झलमल्ल लाग्न थाल्यो घाम

गुडँ छोडी निस्किएर लाग्छन् चराका लाम

भुर्र उडे चराहरू धेरै टाढाटाढा

यताउता खोजेर खान थाले चारा

एउटा चरो बिचरो गुँडमा सानो थियो

माउले चुच्चामा चारो ल्याई खुवायो

साँझपख चिरबिराउदै फर्के गुडँमा चरा

आफ्ना माउले ल्याएको चारो खाउ बचरा

जहीँत्यहीँ  उड्ने गर्छन् कर्म यही हो चराको

अनेक जातका सानाठूला समूह हुन्छ बराको ।

प्रकाशित: १३ भाद्र २०७७ ०८:४० शनिबार

जुनकिरी