कला

सुशान्तले ‘आत्महत्या’ गर्नुअघि प्रेमिका रियासँग यस्तो भएको रहेछ झगडा !

भारतका अभिनेता सुशान्तसिंह राजपुत बितेको ७५ दिन भयो । जुन १४ तारिखका दिन, जब सुशान्त यो दुनियाँमा छैनन् भन्ने खबर आयो, तब सबै स्तब्ध भए । 

जब दिनहरू बित्दै गए तब सबैभन्दा पहिले प्रश्न उठ्यो कि जुन ८ का दिन सुशान्तकी प्रेमिका रिया चक्रवर्ती एकाएक उनलाई छाडेर किन आफ्नो घर गइन् ? तमाम आशंकाका बीच अभिनेत्रीसमेत रहेकी चक्रवर्तीले अन्ततः यसबारे मुख खोलकी छन् 

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले लेखेकाे छ-

आजतकलाई दिएको अन्तर्वार्तामा उनले सुशान्तकै दबाबले आफू जुन ८ का दिन उनलाई छाडेर आफ्नो घर  फर्किन बाध्य भएकाे बताएकी छन् । सुशान्तले नै जुलाई १ देखि अब मसँग नबस, आफ्नो घर जाऊ भनेर दबाब दिइरहेको रियाले दाबी गरेकी छन् ।  

तैपनि आफू उनका दिदी मीतु नआईकन उनलाई एक्लै छोडेर नजाने अडानमा रहेको तर सुशान्तको एकोहोरो दबाबले अन्ततः आफू दुःखी हुँदै छाडेर हिँडेको उनले बताएकी छन् । यसरी घर गएपछि सुशान्तले एकपटक पनि फोन नगरेको उनले बताएकी छन् ।

रियाका अनुसार उनीहरू दम्पतीका रूपमा बसिरहेका थिए । तर आफू बिरामी हुनेबित्तिकै सुशान्तले उनलाई परित्याग गर्न खोजेको आरोप रियाले लगाएकी छन् । उनले भनेकी छन्, ‘जब तपाईंको पार्टनरले म बिरामी छु, अब म तिमी चाहिँदैन भन्यो भने तब तपाईंलाई कति दुःख लाग्ला !’  

उनले अगाडि भनेकी छन्, ‘उसले मलाई फोन गरेन । फर्केर आऊ भनेन ।’

म कुनै सन्दीपलाई चिन्दिनँ

जब रियासँग सुशान्तका साथी सन्दीप सिंहका विषयमा प्रश्न गरियो, तब रियाले भनिन्, ‘म कुनै सन्दीपलाई चिन्दिनँ । उसको नाम पनि सुनेको थिइनँ । न ऊ कहिले घर आएको छ । सुशान्तको कल लगमा पनि ग्यारेन्टी दिन्छु कि उसको नाम छैन । ’

प्रकाशित: १२ भाद्र २०७७ १०:०८ शुक्रबार

सुशान्त