कला

एकैनास कहाँ हुन्छ , जीवनको यात्रा ?

मुक्तक

अनु विज्ञाति  

 

१) पदसँगै प्रतिष्ठा, धान्न जान्नु पर्यो 

  सही कुरा अरूको नि, मान्न जान्नु पर्यो।

   एकैनास कहाँ हुन्छ , जीवनको यात्रा ?

  शिखर सधैं मेरो होइन, जान्न जान्नु पर्यो ।

 

 

  २) सुन्दै थिएँ तिम्रो कुरा, खास लाग्दै थियो ।

    अजम्बरी प्रेमकहानीको, आभास लाग्दै थियो

    बीचमा नै रोकिदियौं , कहाँ बुझे मैले ,

    यता मलाई तिम्रै नामको, बात लाग्दै थियो ।

 

 

३)  रहुन्जेल रमाउने , चाहनाहरू 

   जुट्नेछन् पूरा गर्ने , बहानाहरू

    बस् तिमी इच्छा गर्न नछोड 

  आफैं पूरा हुने छन् , कामनाहरू ।

 

४)  आउँछु  भन्यौं तिम्ले, मन भयो दङ्ग 

   बन्द भयो त्यै दिन, खुसी भयो भङ्ग

   चिन्तै चिन्ताभित्र पुन मन बुझएँ आँफै

   भेट हुन रैन रैछ, सायद तिमीसँग ।

 

 ५)  नेता तिमी देश भक्तिको खोल नखोल

    एक अर्काको खिचातानीको, पोल नखोल

   जति सक्छौं चुस देशलाई ,बनाइदियौं ठूला  

 भष्ट्राचारी सम्पत्तिको, मोल नखोल ।

प्रकाशित: १२ भाद्र २०७७ ०६:१७ शुक्रबार

अक्षर