कला

सधैं साथ दिने हाम्रो बुवा

कविता

श्रद्धा भट्टराई 

 

कसैको तारिफको आस नगर्ने

केही कुराको घमण्ड नगर्ने

चूपचाप आफ्नो काममा अघि बढिरहने, हाम्रो बुवा !

सहनशीलता भनेको के हो, हाम्रो बुवासंग सिक्नू

प्रगतिशीलता भनेको के हो, हाम्रो बुवासंग सिक्नू  

हुन सक्छ आफूले चाहेको जस्तो भएन जीवन ,

तर, दृढ संकल्प भनेको के हो, हाम्रो बुवासंग सिक्नू

हामी हजुरकै पाइलालाई  पछयाउन सकूँ

हामी हजुरकै सिद्धान्तलाई अपनाउन सकूँ  

सानो हुँदा हजुरको औंला समातेर हिंडेजस्तै

जीवनभरि हजुरकै साथ पाउन सकूँ

जिन्दगीको बाटोमा

धेरै पटक लडूंला

तर, हजुरजस्तै हामी पनि

हरेक पटक उठ्न  सकूँ

हाम्रो जिन्दगीका  हरेक निर्णयहरुमा

सधैं साथ दिने, हाम्रो बुवा

सधंै  हामीमा विश्वास  गरी

हाम्रो मनोबल उच्च पार्ने, हाम्रो बुवा

हामी पनि हजुरलाई सधैं  खुसी  राख्न सकूँ

हजुरको इज्जतलाई  सधैं  कायम  राख्न  सकूँ

हजुरकै काँधमा काँध  मिलाई  

जिन्दगीमा अघि बढ्न सकूँ

हजुरकै काँधमा काँध  मिलाई  

जिन्दगीमा अघि बढ्न सकूँ ।

प्रकाशित: ११ भाद्र २०७७ ०८:१७ बिहीबार

अक्षर