कला

हजार घाम सहेर फुल्छ फूलको थुँगा

गीत

जितेन्द्र रसिक  

 

हजार घाम सहेर फुल्छ फूलको थुँगा

हजार चोट सहेर नै देवता बन्छ ढुंगा

 

चढाएर फूललाई मन्दिरमा बलि

माफी माग्छ देवतासित आफ्नैलाई छली

विरहमा रोयो साइली विनायो मुर्चुंगा

हजार चोट सहेर नै देवता बन्छ ढुंगा

 

कति राप पगालेर बन्यो घाम जून

गारो रै’छ मान्छेलाई यहाँ मान्छे हुन

किन पारि तर्छन मान्छे  डुबाएर डुंगा

हजार चोट सहेर नै देवता बन्छ ढुंगा ।

प्रकाशित: १० भाद्र २०७७ १०:२४ बुधबार

अक्षर