कला

हराएका छोराहरूभित्रका एउटा कविता – ‘सहिदको एक सर्वनाम’

राजबाबु श्रेष्ठ ‘सागर’

पाउनेले काम पाका’छन्  

पाउनेले दाम पाका’छन्  

पाउनेले काम

दाम र नाम यी सबै पाका’छन् ।

 

कसैले राहातको बर्को पाए

कसैले पाए कम्बल

गरिबहरूले केवल घाम पाका’छन्  

जतिकै पहाड र हिमाल अग्लो भए तापनि  

अन्ततोगत्वा पाइतला तलै त रहेछन्  

उनीहरूका कठैबरा ! जिन्दगी

केवल बाटाहरूले पाइतालाका डाम पाका’छन्  

कागजले रूपियाँको नाम पाएजस्तै

देशका लागि आफैँलाइ आहुती दिनेहरूले  

केवल सहिदका एक सर्वनाम पाका’छन् ।

 

ए झन्डा झुकाएर  

प्रसिद्धि कमाउनेहरू हो !

भन त तिमीहरूले अरू केके पाका’छन् ?

म त भन्छु,

तिमीहरूले सर्वस्व पाएका छौ ।  

तर

जसले देशका लागि आफूलाई नै बलि दिए

उसले केवल सहिदको एक सर्वनाम पाको’छ ।

प्रकाशित: ७ भाद्र २०७७ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App