कला

मान्छे र भाइरस

कविता

बादलदेवी चाम्लिङ

जल र थलमा बस्ने जीवहरु मध्ये अव्वल
ऊ मान्छे,
ढोका बन्द गरेर आज घरभित्र बसेको छ
नाक, मुखमा मास्क छ
आँखा जोगाउन मुश्किल छ ।

आँखाले ठम्याउन नसक्ने सूक्ष्म,
ऊ भाइरस मान्छेको बस्ती छिरको छ
औषधी  विज्ञानलाई अचेत बनाएर आफ्नो राजको सपना देख्दैैैछ ।

कानुन अठ्याउन सक्ने मान्छे कसो झस्किन सक्छ
सौर्यमण्डल, आकाशगंगा, अन्तरिक्षको अस्तित्व खोज्ने मान्छे कसोे छोट्टिन सक्छ ।

झुपडीसँग भरपुर प्रतिरक्षा तागत छ
बिरामीको हृदयमा फूूूल छ
बुढाबुढी, केटाकेटीको हातमा जून छ ।

बाहिर अनिष्ट, भएको जालो फैलन खोज्दैछ
भित्र लोक धुम्म छ
अत्यासलाई मौलाउन मौैैैका मिलेको छ ।

छिमेकको धुरीमा के चरो पहिले पनि यदाकदा कराउथ्यो
मध्यराती बाँसघारीमा फ्याउरो रुने फाट्टटफुट्ट सुनिन्थ्यो ।

ऊ भाइरसले के आँट्छ मान्छेलाई
घरको आँगनमा फलामे गेट छ
मुल ढोकामा प्रविधिमैत्री ताल्चा छ
माथि लेखिएको ‘भित्र पस्न मनाही छ।’

मान्छे हुनुको परिक्षण पटक पटक
उसो त यस्तो उल्झनहरू उसले ढुङ्गे युगबाट नै पन्छाउँदै आएको छ।

अरवौँ जीवहरूलाई छाडेर मान्छेसँगै यो भाइरस जोरी खोज्नुु
के भने
फलाम मान्छेसँग नजिक छ
उसलाई पगालेर इस्पात बनाउन मान्छे मात्रले सम्भव छ ।

प्रकाशित: २ भाद्र २०७७ ०५:५९ मंगलबार

कोभिड १९ कविता अक्षर