कला

चीनमा नेपाली भाषा पढाउँदा

‘एक वर्ष चीनमा पढाउन जानुस्, नयाँ अनुभव हुन्छ,’ तत्कालीन रेक्टर प्रा.डा. सुधा त्रिपाठीले भन्नुभएको थियो, तर मैले ‘हुन्छ’ भन्न सकिनँ। चिनियाँ भाषा फिटिक्कै नआउने मान्छेले चीनमा गएर चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउने कुरात्यति सजिलो लागेन।  

मैले त्रिपाठी गुरुआमालाई त्यही कुरा भनेँ। मेरो कुरा सुनेर उहाँले भन्नुभयो, ‘तपाईलाई चिनियाँ भाषा पढाउन पठाउने हो र ? नेपाली भाषा पो पढाउन जानु भनेको !’

मैले नाइँनास्ती गर्न मिलेन,‘हुन्छ’ भनेँ। चीनमा सेप्टेम्बरबाट शैक्षिक सत्र सुरु हुन्छ, जनवरी १५ देखि फेब्रुअरीभरि हिउँदे बिदा। अनि, मार्चदेखि जुलाईसम्म फेरि पढाइ।  

सन् २०१९ अगस्ट ३० मा म चीन गएँ, एक सेमेस्टर पढाएँ र हिउँदे बिदामा नेपाल आएको थिएँ। त्यही बेला कोरोना आयो,पछिल्लो सत्रको पढाइ चिनियाँ एप ‘टेनसेन्ट मिटिङ’बाट पूरा गर्नुप-यो।  

पहिलोपटक चीन जाँदा भाषाको समस्या हुन्छ कि भन्ने डर थियो। तर, कुन्मिङ विमानस्थलमामलाई लिन युनान मिन्चु विश्वविद्यालयकी नेपाली विषयकी शिक्षक हरिताजी आउने भइन्, खासै समस्या भएन। भोलिपल्टदेखि त्यहाँको वातावरणमा भिज्न मलाई विद्यार्थीले गाइड गरे।कक्षा कोठा देखाउने, क्यान्टिनमा गएर खाना माग्ने, ख्वाइच् (चपस्टिक) चलाउने, विश्वविद्यालयको कार्डमा पैसा तिर्ने, भूमिगत मेट्रो रेल र मेट्रो बस चढ्नेजस्ता आधारभूत कुरा विद्यार्थीबाट सिकेँ।अर्थात् मैले उनीहरूलाई पढाउनुअघि नै मलाई उनीहरूले पढाए। बस्दै जाँदा विश्वविद्यालयका प्राध्यापकसँग भेट भयो। चिनियाँ र अरूविदेशी विद्यार्थी पनि भेटिए। मैले सोचेभन्दा बढी नै सम्मान र इज्जत पाएँ। नेपालमा पनि विश्वविद्यालयमा पढाउँछु, पिएचडी गरेको छु भन्दा अलिअलि मानभाउ पाइन्छ। तर, जब नेपालीविषयको पिएचडी र नेपाली पढाउने भनेर थप परिचय दिनपर्ने हुन्छ, तब ती धेरथोर मानभाउ दिने दाताको अनुहार हेर्नलायक बन्छ, मिल्ने भए भर्खरैअघि दिएको मानभाउ तिनले फिर्ता लैजान्थेजस्तो गर्छन्। चिनियाँ समाजमाभने त्यस्तो रहेनछ। भाषा पढाओस् कि अरू विषय, शिक्षकलाई धेरै सम्मान गरिँदो रहेछ।  

हरेक विषयको आफ्नो महत्व हुन्छ, गहिराइ हुन्छ भन्ने सामान्य कुरा पनि नबुझेर वा बुझ पचाएर कुनै खास विषय पढ्नेलाई हेय दृष्टिले हेर्ने, अवमूल्यन गर्ने प्रवृत्ति हामीकहाँ छ। आफूलाई निकै जान्ने–बुझ्ने र शिक्षित भनाउँदाहरू, उच्च पदस्थ कर्मचारी, नेता र प्राध्यापकहरू नै यस्तो मानसिकताले ग्रसित छन्। विडम्बना भनौँ, जो चाहिँ टापटिपे, हाटहुटे र कामचोर छ, उही अरूको योग्यता, क्षमता र इमानदारिताप्रति प्रश्न गर्छ। आफ्नो मौलिकता र पहिचानलाई चिन्न नसक्ने, चिन्न नचाहने, ‘टाँटाँटुँटुँ’ अंग्रेजी बोल्न जान्नुलाई नै विज्ञता ठान्ने,अनि जुन कामबाट धेरै पैसा आउँछ, त्यही नै महान् हो भन्ने मानसिकताबाट हामी ग्रसित छौँ। यस्तो परिवेशमा खुम्चिएर बस्न अभ्यस्त भइसकेको मेरा लागि त्यहाँको परिवेश साँच्चिकै अनौठो, फराकिलो र सुन्दर थियो।  

युनान मिन्चु (जातीय वा राष्ट्रिय) विश्वविद्यालय चीनको दक्षिण पश्चिममा अवस्थित युनान प्रान्तको राजधानी कुन्मिङमा रहेको छ। यो चीनका प्रतिष्ठित जातीय विश्वविद्यालयमध्ये एक हो।विश्वविद्यालय भनेपछि समाजशास्त्र, विज्ञान, सूचना प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, भाषा, साहित्य, संस्कृति, योग,दर्शन जस्ता विषयको पढाइ हुने नै भयो। जातीय विश्वविद्यालय भएकाले जाति, भाषा, संस्कृतिको पढाइलाई विशेष जोड दिइने रहेछ। चीनमा ५६ जाति छन्, तीमध्ये ५५ जाति अल्पसंख्यक छन्। युनान प्रान्तमा २५ जाति र ती जातिका २९ वटा स्वायत्त क्षेत्र छन्। त्यसैले यस विश्वविद्यालयमा चीनका विविध जातिका संस्कृति र भाषाको अध्ययनमा जोड दिइने रहेछ। अंग्रेजी र जापानी भाषा साहित्यको अध्ययनलाई पनि प्राथमिकता दिइएको रहेछ। पछिल्लो समय चीनले अघि सारेको ‘वन बेल्ट एन्ड वन रोड’ को अभियानसँगै यस विश्वविद्यालयमा दक्षिणपूर्वी तथा दक्षिण एसियाका थाइल्यान्ड, म्यान्मार, भियतनाम, लाओस, कम्बोडिया, मलेसिया, इन्डोनेसिया, भारत, श्रीलंका, बंगलादेश, नेपाल, पाकिस्तान आदि देशमा बोलिने भाषा (जस्तै ः थाई, बर्मली, भियतनामी, लाओ, कम्बोडियन, मलाया, इन्डोनेसियाली, हिन्दी, तमिल, सिंहाली, बंगाली, उर्दु आदि) पढाइ हुन थालेको रहेछ।त्यही सिलसिलामा सन् २०१६ देखि नेपाली भाषा परेको रहेछ।  

हामीकहाँ भाषा पढाइको विषय नै होइन, केवल माध्यम मात्रै हो र पढ्नैपर्छ भने अंग्रेजी भाषा पढ्दा भइहाल्छ भन्ने ठानिन्छ। म नेपाली भाषा पढाउन चीन जाँदैछु भन्ने थाहा पाएर एक प्राध्यापकले मसँग भनेका थिए, ‘चीनले नेपाली भाषा किन पढाउने रहेछ, खासाको व्यापारी बनाउन ?’

हुन पनि चीनजस्तो शक्तिसम्पन्न देशले नेपाली भाषालाई महत्व दिएर पढाएको विषयप्रति धेरैले अचम्म मान्छन्। मलाई पनि सुरुमा त्यस्तै लाग्थ्यो। जब म चीन गएँ, विद्यार्थीसँग कुराकानी गरेँ, त्यसपछि थाहा पाएँ–चीनजस्तो देशले विनाप्रयोजन, विनामहत्व नेपाली भाषालाई पढाएको चाहिँ होइन रहेछ। नेपाल चीनको छिमेकी देश हो। नेपालसँग चीनको भूगोल जोडिएको छ, पुरानो सम्बन्ध छ। चीनसँग कूटनीतिक सम्बन्ध छ नै, साथसाथै व्यापारिक सम्बन्ध पनि छ। भाषा सम्बन्ध–सूत्रको पहिलो र अनिवार्य माध्यम हो। त्यसैले चीनमा नेपाली भाषालाई विशेष महत्वका साथ पढ्ने–पढाइने रहेछ। चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा स्नातकोत्तर तहसम्मै पढाइने रहेछ। म गएको विश्वविद्यालयमा भने चारवर्षे स्नातक तहमा नेपाली पढाइन्छ।

चीनले विदेशी भाषालाई महत्व दिएर पढाउनुको मुख्य प्रयोजन आफूलाई चाहिने जनशक्ति आफैँ उत्पादन गर्नु हो।नेपाली पढ्ने मेरा विद्यार्थी कोही व्यापारिक प्रतिष्ठानमा काम गर्न चाहन्छन्, कोही विश्वविद्यालयको शिक्षक बन्न चाहन्छन्, कोही कूटनीतिक नियोगमा जागिरे बन्न चाहन्छन्, कोही अनुवादक बन्न चाहन्छन्। यहाँ हामी नेपाली विषय पढ्नेहरू भविष्यमा बेरोजगार बन्छौँ कि भनेर त्राहीमाम छौँ।नेपाली पढ्ने चिनियाँ किशोर–किशोरी भने आफ्नो भविष्यप्रति ढुक्क छन् र नेपाली पढेकामा गौरवबोध गर्छन्। 

नेपाल आउन प्रतीक्षारत विद्यार्थीले पनि नेपालको भूगोल, इतिहास, संस्कृति, राजनीतिका बारेमा धेरै कुरा थाहा पाइसकेका छन्। जिउँदी देवी कुमारीदेखि जुजु धौसम्म, काठमाडौंका दरबारहरूदेखि लुम्बिनी र पोखरासम्मको महत्व र सौन्दर्यको अनुमानसम्म, नेपालको जातीय व्यवस्था र छुवाछुतदेखि पछिल्लो समय अभ्यास हुँदै आएको समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दासम्म धेरथोर थाहा पाइसकेका छन्। 

विदेशमा विशेष महत्व दिएर नेपाली भाषा पढाइने,नेपालमै भने भाषा साहित्यलाई अध्ययनको विषय नठानिने किन हुन्छ ? यसका पछाडि हाम्रो भाषा पाठ्यक्रममा रहेका सीमा पनि जिम्मेवार छन्। युनान मिन्चु विश्वविद्यालयमा भाषाका नाममा विशुद्ध भाषा मात्रै पढाइँदैनरहेछ।तत्तत्भाषासँगै सम्बन्धित देश, जातिको इतिहास, संस्कृति, राजनीति, धर्म, राष्ट्रियता, साहित्य, पत्रकारिताका साथै अनुवादसमेतको अध्ययन गराइने रहेछ। अर्को महत्वपूर्ण कुरा, स्नातक तहका चार वर्षमध्ये एक वर्ष सम्बन्धित देशको प्रतिष्ठित विश्वविद्यालयमा गएर त्यहीँको पाठ्यक्रममा आधारित भएर भाषा पढ्नुपर्छ।नेपाली भाषा पढ्ने पाँचौँ र छैटौँ सेमेस्टरका विद्यार्थी नेपालको विश्व भाषा क्याम्पसमा आएर पढ्ने गर्छन्। पहिलो ब्याचका विद्यार्थी नेपालको पढाइ सकेर स्वदेश फर्किसकेका छन्। नेपाल आउन प्रतीक्षारत विद्यार्थीले पनि नेपालको भूगोल, इतिहास, संस्कृति, राजनीतिका बारेमा धेरै कुरा थाहा पाइसकेका छन्।जिउँदी देवी कुमारीदेखि जुजु धौसम्म, काठमाडौंका दरबारहरूदेखि लुम्बिनी र पोखरासम्मको महत्व र सौन्दर्यको अनुमानसम्म, नेपालको जातीय व्यवस्था र छुवाछुतदेखि पछिल्लो समय अभ्यास हुँदै आएको समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दासम्म धेरथोर थाहा पाइसकेका छन्।भाषा सामाजिक वस्तु हो।यसले संस्कृतिको सञ्चरण गर्छ र प्रयोगमा मात्रै भाषा बाँच्छ। यो विज्ञानलाई त्यहाँराम्रोसँग आत्मसात् गरिएको रहेछ। यसरी भाषालाई सम्बन्धित देश, जातिको इतिहास, सभ्यता, पहिचान, संस्कृतिसँग जोडेर सिकाउन सक्दा प्रभावकारी हुने रहेछ। भाषा शिक्षणको यो तरिका हामीले पनि सिक्नलायक छ।  

चिनियाँ विद्यार्थीलाई नेपाली भाषा सिकाउन त्यति सजिलो छैन। भाषाका मुख्य चारवटा सीप छन्– सुनाइ, बोलाइ, पढाइ र लेखाइ। यीमध्ये सुनाइ र पढाइ बोध (वा, सामथ्र्य) माआधारित सीप हुन्। बोलाइ र लेखाइ अभिव्यक्ति (सम्पादन) मा आधारित सीप हुन्। भाषिक सामथ्र्य र सम्पादन अर्थात् बोध र अभिव्यक्तिका दुईवटा माध्यम छन्– कथ्य र लेख्य। त्यसैले भाषिक शिक्षणमा कथ्य र लेख्य दुवै पाटोलाई समान महत्व दिइन्छ।चिनियाँ विद्यार्थीलाई कथ्य नेपाली र लेख्य नेपाली दुवै सिकाउन निकै अप्ठेरो छ। भाषाको कथ्य पाटोमा ध्वनि तथा शब्दको सही उच्चारणदेखि लिएर औपचारिक तथा अनौपचारिक बातचित, छलफल, वादविवाद, वक्तृत्व, प्रशंसा, अनुरोध, निवेदन, संवाद, सान्त्वना, जिज्ञासा, प्रश्न, रहर, प्रेम, वात्सल्य आदि प्रकार्य पर्छन्। यस्ता अनेक प्रकार्यमध्ये सुरुमा सही उच्चारण सिकाउन आवश्यक हुन्छ। नेपालीका ध्वनिलाई ६ वटा स्वर र २९ वटा व्यञ्जनमा समेटेर उच्चारण व्यवस्थामा ढालिएको छ। चिनियाँ भाषाको उच्चारण अभिलेखन भिन्न छ। त्यति मात्र होइन, नेपाली ‘क’ र कुनै भाषाको ‘क’ ठ्याक्कै उस्तै हुँदैन, त्यो ‘क’जस्तै वा त्यसको नजिक मात्रै हुने गर्छ, अथवा त्यो ‘ख’ को नजिक पनि हुन सक्छ।नेपालीमा ‘क’ र ‘ख’ को अलग–अलग उच्चारण हुन्छ, चिनियाँमा सायद हुँदैन। त्यसैले ‘काट’ र ‘खाट’, ‘काम’ र ‘खाम’, ‘कसम‘ र ‘खसम’ को उच्चारण भेद सिकाउन गाह्रो हुन्छ। नेपालीमा ‘र’ र ‘ल’को अलग–अलग उच्चारण हुन्छ, चिनियाँमा सायद हुँदैन। त्यसैले उनीहरूले ‘गुरुजी’ भन्दा ‘गुलुजी’ सुनिन सक्छ। ध्वनिविज्ञान–वर्णविज्ञानको आधारभूत ज्ञान हासिल गरेको शिक्षकले उच्चारण भिन्नताका यस्ता कुरा त थाहा पाउँछन्, त्रुटि निराकरणका लागि भने विद्यार्थी स्वयंको लामो अभ्यास जरुरी हुन्छ।  

कथ्य नेपालीमात्र होइन, नेपाली लेखन पनि सजिलो छैन। नेपालीमा कथ्य वर्ण र लेख्य वर्णमा फरक छ।कथ्यमा ६ वटा स्वर, लेख्यमा १३ वटा स्वर, कथ्यमा २९ व्यञ्जन,लेख्यमा ३६ व्यञ्जन, अनि नेपालीकै विद्वान्का बीचमा काटमारको स्थितिमा रहेको वर्णविन्यासको महाभारत। नेपालीमै पढेर, उच्च शिक्षा हासिल गरेर दुई दशकसम्म त्यही विषय पढाएका मजस्ताका लागि त नेपाली लेखन कठिन छ भने भिन्न भाषिक परिवार, भिन्न प्रकृतिको लिपिमा अभ्यस्त भएका चिनियाँ र अन्य मातृभाषी विद्यार्थीलाई नेपाली भाषाको लेखन सिकाउन त्यति सजिलो छैन। हामी देवनागरी, रोमनजस्ता वर्णलिपिमा अभ्यस्त छौँ, हाम्रो उच्चारणलाई यी लिपिले निर्देशित गरेका छन्। त्यसैले हरेक भाषाको उच्चारण र लेखाइमा हामी त्यही शैली र संरचनाबाट सिकाउन, बुझाउन खोज्छौँ, जुन चिनियाँ भाषाका सन्दर्भमा मेल खाँदैन।  

अझ स्मरणीय के छ भने, चिनियाँ विद्यार्थी सबैको मातृभाषा एउटै हुँदैन, उनीहरूका आ–आफ्ना मातृभाषा छन्। कतिपयका लिपि पनि भिन्न छन्। मैले पढाएका १० जना विद्यार्थीमा एकजना ‘हान’, दुई‘नासी’, एक‘हानी’ र बाँकी ‘यी’ जातिका विद्यार्थी थिए।जातिअनुसार यिनका मातृभाषार लिपि पनि फरक छन्। जस्तो ःनासी भाषा दोङ्वा लिपिमा लेखिन्छ, त्यो लिपि संसारको एकमात्र प्रचलित चित्र लिपि मानिन्छ। त्यसैले हाम्रो संरचना र शैलीलाई उनीहरूले सजिलै ग्रहण गर्न सक्दैनन्। अर्को कुरा हामीले चिनियाँबाट अंग्रेजी भाषामा हुने अनुवाद र त्यसको पनि नेपाली अनुवाद गरेर चिनियाँ ठाउँ, नामहरू लेख्ने गरेका छौँ। त्यसले गर्दा उच्चारण एकातिर, लेखाइ अर्कातिर हुनसक्छ।लेखाइमा अनेकता छ, जस्तै ः माओत्से तुङ,÷माओ जे दुङ,  सी चीन फिङ÷सी जिन पिङ, बेइजिङ÷पेइचिङ, कुन्मिङ÷खुन्मिङ,  लिजियाङ÷लिच्याङ, वुहान÷उहान आदि।  

मैले सुनाइ र बोलाइ सीपमा आधारित भएर नेपाली भाषा सिकाउनुप¥यो। अघिल्लो सत्रमा म चीनमै थिएँ। कक्षा कोठामा शिक्षण गर्दा विद्यार्थीबीच संवाद गराउन सकिन्थ्यो, त्रुटि सच्याउन सकिन्थ्यो। पछिल्लो सत्रमा अनलाइनबाट पढाउनुप¥यो। अनलाइनबाट सुनाइ, बोलाइ सिकाउनका लागि सबैभन्दा उपयुक्त शैक्षिक सामग्री लघु चलचित्र, वृत्तचित्र, सांगीतिक भिडियोहरू हुन्। तर,नेपाली भाषामा रहेका श्रव्यदृश्य सामग्री भाषा शिक्षणका लागि त्यति उपयोगी रहेनछन्। युट्युबमा राखिएका ८० प्रतिशत श्रव्यदृश्य सामग्री समय बर्बाद बनाउने, अझ धेरैजसो त कामै नलाग्ने छन्। युट्युब प्रविधिलाई हामीले यति धेरै दुरुपयोग गरेका रहेछौँ कि तिनमा राखिएका नेपाली भाषाका सामग्रीकै आधारमा कुनै विदेशीले नेपाल बुझ्न खोज्यो भने नेपाली समाज, संस्कृति, राजनीतिको चित्र ज्यादै विकृत देखिने रहेछ। जसले जे पायो त्यही भिडियो बनायो, राख्यो। चाहिने कुरा खोज्दा भेटिँदैन, नचाहिने कुराको बाढी छ। नेपाली गीतका श्रव्य सामग्री छन् तर शब्द लेखिएको छैन। शब्द लेखिएको छ भने वर्णविन्यासमा कति पनि ध्यान दिइएको छैन। इन्टरनेटमा भेटिने ९५ प्रतिशत नेपाली भाषाका श्रव्यदृश्य सामग्रीमा वर्णविन्यासलाई कति पनि वास्ता गरिएको छैन। अनि,त्यस्तो सामग्रीबाट कसरी भाषा सिकाउन सकिन्छ ?भाषा सिकाइको यो अप्ठेरो मज्जाले झेलियो।  

एक दिन मप्राध्यापक क्यान्टिनका राखिएका मासुमध्ये केको मासु होला भनेर अलमलिइरहेको थिएँ, क्यान्टिनकी कर्मचारी दौडिँदै मेरो नजिकै आइन् र मोबाइलमा चिनियाँ भाषाका अक्षर टाइप गर्न थालिन्। एकैछिनमा मलाई मोबाइलको स्क्रिन देखाउँदै संकेत गरिन्, त्यहाँ लेखिएको थियो, ‘डु यु लाइक पोर्क ?’

छात्रावासमा सँगै बस्ने अरू भाषाका विद्यार्थीसँग चिनियाँ क्याप्सनसहितका तत्तत् भाषाका चलचित्र जति पनि छन्। एउटै कोठामा हिन्दी, उर्दु, बंगाली वा अन्य भाषा पढ्ने साथीले चिनियाँ क्याप्सन भएका ती भाषाका चलचित्र हेरेर मनोरञ्जन लिइरहँदा नेपाली पढ्नेसँग त्यस्ता सामग्री हुँदैनन्। नेपाली भाषा पढ्ने विद्यार्थीसँग त्यस्तो चलचित्र ‘सिन्दुर’ मात्रै छ।अरू छन्वा छैनन्, न विद्यार्थीले भेटेका छन्, न त शिक्षकलाई थाहा छ। म त्यहाँ रहँदा भारतीय कलाकारको एउटा ठूलो टोली त्यहाँ पुग्यो। विश्वविद्यालयमा भव्य सांस्कृतिक कार्यक्रम भयो। मलेसिया र अन्य देशबाट साहित्य, संस्कृति र अन्य विषयका कार्यक्रम भए। ती कार्यक्रममा तत्तत् देशसम्बद्ध भाषा पढ्ने विद्यार्थी सक्रिय सहभागी भए। नेपालबाट पनि त्यस्ता कार्यक्रम गर्ने, हुने कुनै छनक देखिएन। त्यतातिर कसैको चासो र पहल देखिँदैन। अन्य भाषा पढ्न सम्बन्धित देश जाँदा त्यहाँको विश्वविद्यालयमा छात्रावास सुविधा हुन्छ, पढाइ, परीक्षा र नतिजा प्रकाशनको खास कार्यतालिका हुन्छ, व्यवस्थित हुन्छ। तर नेपालको त्रिभुवन विश्वविद्यालय र विदेशी भाषा पढाइने विश्व भाषा क्याम्पसमा न छात्रावास छ, न त पढाइ, परीक्षा, नतिजा प्रकाशनको व्यवस्थित कार्यतालिका छ। यस्ता धेरै कुराले अन्य भाषा पढ्ने विद्यार्थीका तुलनामा नेपाली भाषा पढ्ने विद्यार्थीले हीनताबोध गर्नुपर्ने अवस्था छ। यस्ता अनेक कुरा हुँदाहुँदै पनि चिनियाँ युवा उत्साहपूर्वक नेपाली भाषा पढ्दै छन्। त्यो ठूलो कुरा हो।

अहिलेको जमानामा सामान्य कामचलाउका रूपमा भाषिक सम्प्रेषण त प्रविधिको प्रयोगबाट पनि हुन्छ। चिनियाँ समाज त झन् यसमा अभ्यस्त रहेछ। वि–च्याट, गुगल ट्रान्सलेट जस्ता प्रविधिको प्रयोग गरेर भए पनि सामान्य कामचलाउ स्तरको भाषिक सम्प्रेषण चिनियाँ समाजमा व्याप्त रहेछ। कुनै समयमा पश्चिमा व्यापारीले चिनियाँ समाजमा ‘पिजिन’ भाषा बनाएका थिए, अहिले चिनियाँ व्यापारीले वि–च्याट प्रविधिको प्रयोग गरेर सजिलै आफ्ना कुरा अंग्रेजीमा भनिदिने रहेछन्।  

एक दिन मप्राध्यापक क्यान्टिनका राखिएका मासुमध्ये केको मासु होला भनेर अलमलिइरहेको थिएँ, क्यान्टिनकी कर्मचारी दौडिँदै मेरो नजिकै आइन् र मोबाइलमा चिनियाँ भाषाका अक्षर टाइप गर्न थालिन्। एकैछिनमा मलाई मोबाइलको स्क्रिन देखाउँदै संकेत गरिन्, त्यहाँ लेखिएको थियो, ‘डु यु लाइक पोर्क ?’

मेरो कोठामा पानी ल्याइदिएपछि मैले वि–च्याटबाट त्यसको पैसा दिन चाहेँ, तर के भएर हो, भुक्तानी गर्न मिलेन। अनि, पानीवालाले मोबाइलमा चिनियाँ भाषामा के के भन्यो र उसको मोबाइल स्क्रिनमलाई देखायो, लेखिएको रहेछ, ‘डु यु ह्याभ १० आरएमबी?’

मैले मुन्टो हल्याएँ र गोजीबाट १० आरएमबी झिकेर दिएँ। पानीवाला खुसीले ‘सेसे’ (धन्यवाद) भन्दै बाटो लाग्यो। एकपटक मेरी विद्यार्थीले मलाई भोजनालयमा लगिन् र मोबाइलको स्क्रिन हेर्दै नेपालीमा भनिन्, ‘गुरुजीलाई मसलादार चामल मन पर्छ ?’ म एकछिन अलमलिएँ। म अलमलिएको देखेर उनले त्यसलाई अंग्रेजीमा रूपान्तरण गरेर मलाई देखाइन्, ‘डु यु लाइक स्पाइसी राइस ?’ त्यसपछि बल्ल मेरो घैँटोमा घाम लाग्यो।  

‘चाउचाउ’,‘चिया’, ‘लिची’लाई चिनियाँ शब्द भनेर नेपाली शब्दकोशमा लेखेको छ। विद्यार्थीलाई मैले त्यो कुरा भनेँ।‘लिची’ र ‘चिया’को उच्चारण मिल्दोजुल्दो रहेछ, तर ‘चाउचाउ’को भने मिलेन। हुन त चिनियाँ उच्चारण र नेपालीमा आइपुग्दा अर्कै भएको हुनसक्छ। संस्कृत भाषाका कतिपय ध्वनिको उच्चारण नेपालीमा आउँदा फरक परेको हामी पाउँछौँ। जस्तै ‘ट, ठ, ड, ढ’ संस्कृतमा मूर्धन्य मानिन्छन्, नेपालीमा दन्तमूलीय। संस्कृतमा ‘श, ष, स’ को अलगअलग उच्चारण छ, नेपालीमा छैन। नेपालीको जननी भाषा भनिएको संस्कृतबाट नेपालीमा आउँदा त उच्चारणमा धेरै परिवर्तन हुन्छ भने भिन्न परिवार, भिन्न प्रकृतिका नेपाली र चिनियाँ भाषाको उच्चारणमा भिन्नता हुने नै भयो। त्यसैले भाषा शिक्षणमा व्याकरणका सिद्धान्त घोकाउने, अनुवाद गरेर सिकाउनेजस्ता परम्परित विधिले मात्रै काम गर्दैन। चिनियाँ विद्यार्थीलाई दुईवटा सत्र नेपाली भाषा पढाएर परीक्षा लिएकै दिन वि–च्याटमार्फत नतिजा पनि पठाइसक्दा मैले एक वर्षअघि डा. सुधा त्रिपाठीले भनेको कुरा झल्यास्स सम्झेँ, ‘तपाईं चिनियाँ भाषा पढाउन जान लागेको हो र ?’हुनलाई म नेपाली भाषा पढाउनकै लागि चीन गएको थिएँ, त्यसमा म कति सफल भएँ, त्यसको कतै मूल्यांकन होला। मैले चिनियाँ भाषा जानेको हुन्थेँ भने, मैले विद्यार्थीलाई सिकाउने नेपाली भाषा उस्तै हुन्थ्यो, तर म आफूले त्यहाँ गएर सिक्ने कुरा भने फरक हुन्थ्यो, त्यसबाट विद्यार्थीलाई होइन मलाई चाहिँ धेरै लाभ हुन्थ्यो।  

अन्त्यमा, मैले डेढ दशकदेखि एमएमा नेपाली पढाएका नेपाली विद्यार्थी र चीनमा स्नातक तहमा पढाएका चिनियाँ विद्यार्थीका भाषिक व्यवहारका केही सन्दर्भ उल्लेख गर्दै यस लेखोटलाई टुंग्याउँछु। नेपाली विद्यार्थी दिसापिसाबका लागि ‘ट्वाइलेट’, ‘रेस्टरुम’ वा ‘वासरुम’ जान्छन्, चिनियाँ विद्यार्थी शौचालय। नेपाली विद्यार्थी भात, खाजा खान ‘क्यान्टिन’ जान्छन्, चिनियाँ विद्यार्थी भोजनालय। नेपाली विद्यार्थी ‘होस्टेल’मा बस्छन्, चिनियाँ विद्यार्थी छात्रावासमा। नेपाली विद्यार्थी ‘होमवर्क’ गर्छन्, चिनियाँ विद्यार्थी गृहकार्य। नेपाली विद्यार्थी ‘एक्जाम’ दिएर ‘रिजल्ट’का लागि आधा, एक वर्ष ‘वेट’ गर्छन्, चिनियाँ विद्यार्थी जाँच वा परीक्षा दिन्छन् र हप्ता १५ दिनमा त्यसको नतिजा थाहा पाएर अर्को सत्रको पढाइको तयारी गर्छन्। 

प्रकाशित: ३१ श्रावण २०७७ ०४:२४ शनिबार

नेपाली भाषा चीन