कला

आमा

कविता

राधिका गुरागाई 

तिमीले आँखाभरि देखेका सपनाहरु

 तिमीले मनभित्र साँचेका रहरहरु 

आफ्ना सन्ततीप्रति 

कति कति विचलित नभई

 जिन्दगीका सादा पानामा 

कोरिरह्यौ सुनौले भविष्य

 सिकाइरह्यौ संस्कारका उज्याला सूत्रहरु 

पढाइरह्यौ आदर्शका पाठहरु 

सपनाको कुम्लो बोकेर हिंडेकी मेरी आमा 

निरन्तर पसिना बगाउछिन् र

 निस्वार्थ प्रेमको ऊर्जा भर्छिन् 

निरन्तर आफ्नो काँख र अँगालोमा

 न्यानो स्पर्श दिएकै हुन् 

के आमा रुपी आकाशभन्दा पनि

 माथि कुनै देश छ ? 

आमाको अँगालोभन्दा पनि टाढा कुनै भूगोल हुन्छ ?

प्रकाशित: २७ श्रावण २०७७ ०९:२२ मंगलबार