रूप, रंग र सुवास हुन्छ बैंसालु फूलको,
संसार जित्ने साहस हुन्छ बैंसालु फूलको ।
बरालिएको मनलाई आफूतिर तान्न सक्ने,
सौन्दर्यको आकाश हुन्छ बैंसालु फूलको ।
अँध्यारोको विरुद्धमा लागिपर्ने घामजस्तो,
जाज्वल्यमान् प्रकाश हुन्छ बैंसालु फूलको ।
राम्राको चाहिँ छोटो आयु हुन्छ किन होला,
क्षणिक हर्ष–उल्लास हुन्छ बैंसालु फूलको ।
प्रकाशित: २५ श्रावण २०७७ ११:२९ आइतबार